काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्। उनी असोज ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह छोटो समयका लागि मात्रै न्यूयोर्क जान लागेका हुन्। भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली महासभामा सहभागी हुने तय भएको थियो। तर भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाह आफैंले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको हो।
प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब १० जनासम्म सहभागी हुने बताइएको छ।