एक हजार दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पायो

एक हजार दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पायो

मेगा टिभी नेपाल
शुक्रवार, मंसिर १२ २०८२
मेगा टिभी नेपाल
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले नोट छाप्ने ठेक्का पाएको हो ।

    राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गएको भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले चिनियाँ कम्पनीलाई बैंकले छनोट गरेको हो ।

    यसका लागि राष्ट्र बैंकले कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् दुई अर्ब ४२ करोड ६७ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij