बाढीपीडित विद्यालयको सहयोगार्थ जीवन विज्ञान युथले ‘वेलनेस रन’ आयोजना गर्ने

बाढीपीडित विद्यालयको सहयोगार्थ जीवन विज्ञान युथले ‘वेलनेस रन’ आयोजना गर्ने

सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौँ। बाढी प्रभावित विद्यालयहरूको पुनर्निर्माण तथा सहयोगार्थ जीवन विज्ञान  दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

    ‘बाढी प्रभावित विद्यालयका लागि एकसाथ दौडौँ’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस दौड प्रतियोगिताबाट सङ्कलित सम्पूर्ण रकम बाढी राहत कार्यक्रम (Wellness Run for a National Cause मा सहयोग गरिने आयोजकले जनाएको छ।

    कार्यक्रमको विवरण
    मिति २०८३ असोज ३ गते, शनिवार(19 September 2026)

    समयस् बिहान ठीक ७:०० बजे

    स्थानस् दशरथ रङ्गशाला, त्रिपुरेश्वर, काठमाडौँ

    आयोजक जीवन विज्ञान युथ

    सहभागीले पाउने सुविधाहरू
    प्रतियोगितामा दर्ता भई सहभागी हुने धावकहरूलाई आयोजकका तर्फबाट निम्न सामग्री तथा सुविधाहरू प्रदान गरिनेछ

    • आकर्षक इभेन्ट टि-सर्ट (T-Shirt)
    • फिनिसर मेडल (Finisher Medal)
    • प्रमाणपत्र (Certificate)
    • खाजा (Snacks)


    यस परोपकारी दौडमा सहभागी हुन चाहने इच्छुक महानुभावहरूले पोस्टरमा दिइएको क्युआर कोड  स्क्यान गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।

    थप जानकारीका लागि आयोजकको सम्पर्क नम्बर ९८६१२४७३९३ मा सम्पर्क गर्न सकिनेछ। साथै, जीवन विज्ञान युथको आधिकारिक सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक मार्फत पनि विवरण लिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij