सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते

सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते

शुक्रवार, कार्तिक २१ २०८३
शुक्रवार, कार्तिक २१ २०८३
  • काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन्। आगलागीका कारण ट्रकमा लोड गरिएका सामानमध्ये करिब ८० प्रतिशत जलेर नष्ट भएको छ।

    काठमाडौँबाट कृष्ण ट्रान्सपोर्टको सामान लिएर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर भिमानमा ठोक्किएका थिए। ठक्करपछि ट्रकमा आगो लागेको बताइएको छ।

    दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको अवस्था सामान्य रहेको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। अर्की घाइते अधिकारीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।

    घटनाबारे प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पनि चासो व्यक्त गरेका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै उनले सम्बन्धित निकायसँग घटनाबारे जानकारी लिनुका साथै आवश्यक छानबिन गरी कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

    सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे समेत जानकारी लिएका थिए।

    उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउन र कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij