धितोपत्र बोर्डमा अख्तियारको छापा : आईपीओ फाइल नियन्त्रणमा

धितोपत्र बोर्डमा अख्तियारको छापा : आईपीओ फाइल नियन्त्रणमा

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारी आईपीओ निष्कासनसँग सम्बन्धित ८९ कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको छ।

    निजी ऊर्जा उत्पादकहरूको संस्थाले आईपीओ स्वीकृति प्रक्रियामा ५ प्रतिशत कमिसन मागिएको आरोप लगाएपछि छानबिनका लागि अख्तियार सक्रिय भएको हो।

    इप्पानका पदाधिकारीका अनुसार ४३ जलविद्युत् कम्पनीमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्षका नातेदार वा निकट व्यक्तिहरूले भेटेर वा फोन, एसएमएस र इमेलमार्फत रकम मागेका थिए।

    सार्वजनिक भएको यस प्रकरणबारे संसद्मा समेत चासो व्यक्त भएपछि अख्तियारले छापा मारेको हो।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij