नवीकरणीय ऊर्जामा निजी लगानी र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

नवीकरणीय ऊर्जामा निजी लगानी र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जाको विकासलाई निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र स्थानीय उद्यमशीलतासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

    बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने धारणा राखेका हुन्।

    उनले पछिल्लो तीन दशकमा हासिल भएका उपलब्धिलाई आगामी दिनको आधारका रूपमा उपयोग गर्दै नवीकरणीय ऊर्जामार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताको विकास गर्नुपर्ने बताए।

    जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको अवस्थामा राष्ट्रिय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित ऊर्जा प्रणालीको विस्तार पनि आवश्यक रहेको उनको भनाइ थियो।

    मन्त्री श्रेष्ठले सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई समेत प्राथमिकताका साथ अघि बढाउने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार यो अभियान खाना पकाउने इन्धनको विकल्प खोज्ने कार्यक्रम मात्र नभई स्थानीय आर्थिक विकास र ऊर्जा आत्मनिर्भरतासँग जोडिएको विषय हो।

    उनले प्रत्येक पालिकाको ऊर्जा उत्पादन क्षमता, माग, खपत र भविष्यको आवश्यकताको अध्ययन गरेर योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्वपूर्ण हुने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij