नक्कली शैक्षिक प्रमाणपत्रबाट पदोन्नति लिएको आरोपमा अनुसन्धान विभागका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रबाट पदोन्नति लिएको आरोपमा अनुसन्धान विभागका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी पदोन्नति तथा सरकारी सेवा–सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आईए उत्तीर्ण गरेको भन्दै २०५५ वैशाख ८ गते विभागमा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। तर, सम्बन्धित निकायबाट प्रमाणपत्र प्रमाणीकरण गर्दा उनको नाम र प्राप्ताङ्क आधिकारिक अभिलेखसँग नमिलेको पाइएको आयोगले जनाएको छ।

    उक्त प्रमाणपत्रकै आधारमा भट्टराईले २०५६ जेठ १० गते सहायक निरीक्षकबाट सरकारी सेवा सुरु गरेका थिए। त्यसपछि २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको अख्तियारको आरोप छ।

    नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर विभिन्न पदमा बढुवा भएको र त्यसबाट सरकारी सेवा तथा सुविधा लिएको अभियोगमा उनीविरुद्ध मुद्दा अघि बढाइएको हो।

    अख्तियारले भट्टराईलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कारबाही गर्न माग गरेको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij