काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने ठानेर पहिले बलिङ रोजेको बताएका छन्।
यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो रन बनाएर विपक्षी टोलीलाई दबाबमा राख्ने लक्ष्य रहेको बताएका छन्।