काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा जलवायु परिवर्तन, जलवायु वित्त, आर्थिक विकासलाई उत्थानशील बनाउने उपाय तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा दुवै देशबीच सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, नेपाल र बेलायतबीच आपसी हितका क्षेत्रमा सहयोग र सम्बन्ध थप विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।
भेटमा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयले समेत स्थान पाएको थियो।