१८० रनको लक्ष्य जोगाउन सकेन कर्णाली, काठमाडौँ चार विकेटले विजयी

१८० रनको लक्ष्य जोगाउन सकेन कर्णाली, काठमाडौँ चार विकेटले विजयी

सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ।

    कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले दुई बल बाँकी छँदै पूरा गर्दै शानदार जित दर्ता गरेको हो।

    काठमाडौँको जितमा कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन बनाए। त्यस्तै, रसिद खानले अर्धशतकीय पारी खेले। उनले ३२ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ५० रन पूरा गरे।

    काठमाडौँका ब्याटरहरूको उत्कृष्ट प्रदर्शनसँगै टोलीले कठिन लक्ष्य पछ्याउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij