भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु, ५ जना घाइते

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु, ५ जना घाइते

सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौ । भारतको राजस्थान राज्यस्थित झुन्झुनू जिल्लामा सडक निर्माणको काम भइरहेका बेला विद्युत् प्रवाह भएर आठ जना मजदुरको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

    सोमबार उदयपुरवाटी तहसीलअन्तर्गत पर्ने छापोली गाउँमा उक्त दुर्घटना भएको हो।

    प्रहरीका अनुसार सडक निर्माणमा प्रयोग भइरहेको गिट्टी र बालुवा मिसाउने मिक्सर मेसिन अचानक माथिबाट गएको उच्च भोल्टेजको विद्युत् तारमा छोइएको थियो। तारको सम्पर्कमा आउनेबित्तिकै मेसिनमा करेन्ट प्रवाह हुँदा नजिकै काम गरिरहेका मजदुरहरू त्यसको चपेटामा परेका थिए।

    दुर्घटनापछि घटनास्थलमा स्थानीय बासिन्दाको भीड लागेको थियो। आक्रोशित स्थानीयले घटनास्थलमै धर्ना दिँदै विरोध प्रदर्शन गरेका छन्।

    स्थिति नियन्त्रणमा लिन तथा घटनाबारे जानकारी लिन स्थानीय विधायक भगवानाराम सैनी र प्रहरी टोली घटनास्थल पुगेका थिए।

    मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

    घटनाप्रति राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुःख व्यक्त गर्नुभएको छ।

    सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै उहाँले सडक निर्माणमा खटिएका मजदुरहरूको असामयिक निधनको खबरले आफू निकै मर्माहत भएको बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij