काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज पहिलो जितको खोजीमा मैदान उत्रनेछ। यसअघि खेलेका दुवै खेलमा पराजित भएको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब हुनेछ।
यता कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। लगातार दुई खेल जितेको कर्णाली आज पनि आफ्नो लय कायम राख्न चाहन्छ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।