महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध फ्रान्समा लगातार तेस्रो सातासमेत प्रदर्शन जारी

महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध फ्रान्समा लगातार तेस्रो सातासमेत प्रदर्शन जारी

आइतवार, कार्तिक १६ २०८३
आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । बढ्दो महँगी र सार्वजनिक सेवाको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्सका विभिन्न शहरमा लाखौँ नागरिक सडकमा उत्रिएका छन्।

    राजधानी पेरिससहित देशका प्रमुख शहरहरूमा लगातार तेस्रो सातासमेत विरोध प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ। यसैबीच आगामी केही दिनभित्र देशव्यापी आमहडताल गर्ने तयारीसमेत भइरहेको छ।

    पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो। यसअघि दुई साताअघि भएको हिंसा, तोडफोड र लुटपाटका घटना पुनः नदोहोरिऊन् भनेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

    फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा ३ लाख २० हजारभन्दा बढी नागरिक सहभागी भएका थिए। प्रदर्शनका क्रममा २९० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    राजधानी पेरिसमा मात्रै करिब ७० हजार मानिस सडकमा उत्रिएका थिए।

    फ्रान्समा चर्किएको आन्दोलनको प्रभाव युरोपका अन्य देशमा समेत देखिन थालेको छ। अल्बानिया, जर्मनी र इटालीमा पनि युवाहरूले आफ्ना विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

    युरोपका विभिन्न देशमा युवाहरूको बढ्दो सहभागितासँगै महँगी, सार्वजनिक सेवाको गुणस्तर र दैनिक जनजीवनसँग जोडिएका समस्याप्रति असन्तुष्टि चुलिँदै गएको समाचारमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij