टप इन्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’ को तेस्रो हार

टप इन्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’ को तेस्रो हार

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाण्डाै। अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालको ‘ए’ टोलीले तेस्रो हार बेहोरेको छ । योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

    नेपाल ‘ए’ हैदराबाद किङ्ग्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो । किङ्ग्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले १९ ओभर २ बलमा १६६ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का कुशल भुर्तेलले ६६, लोकेश बमले ३८ रन बनाए । किङ्ग्समेनका स्कट कुगेलेइन र उसामा मिरले ३–३ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको किङ्ग्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । किङ्ग्समेनका शेहान जयसूर्याले ६७ रन बनाए । नेपाल ‘ए’ का नारायण जोशीले २ विकेट लिए ।

    अब नेपाल ‘ए’ ले लिग चरणमा १ खेल खेल्न बाँकी छ । नेपाल ‘ए’ ५ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij