कैलालीमा बालेन : उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे

कैलालीमा बालेन : उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे

मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा यतिबेला सुदूरपश्चिमको कैलालीमा व्यस्त छन्। उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्। 

    बालेनले कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन्।

    बालेन पुगेका प्रत्येक कार्यालयमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उनले उम्मेदवारहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न र परिवर्तनको एजेन्डाबारे बुझाउन आग्रह गरेका छन्।काठमाडौंको मेयर पद त्यागेर देशव्यापी अभियानमा होमिएका बालेनको उपस्थितिले कैलालीमा रास्वपाका उम्मेदवार र कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको छ। 

    Screenshot 2026-01-27 135400.jpgScreenshot 2026-01-27 135321.jpgScreenshot 2026-01-27 135113.jpgScreenshot 2026-01-27 135028.jpgScreenshot 2026-01-27 135336.jpgScreenshot 2026-01-27 135000.jpgScreenshot 2026-01-27 135013.jpg

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij