सेयर बजार बढे पनि कारोबार खुम्चियो

सेयर बजार बढे पनि कारोबार खुम्चियो

मेगा टिभी नेपाल
बिहिवार, पौष २४ २०८२
मेगा टिभी नेपाल
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ  । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। 

    आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।

    १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशत बढे ।

    फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशत घटे ।

    सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशत बढ्यो । त्यस्तै एसवाई प्यानलको ५.७१, खानीखोला हाइड्रोपावरको ४.६३, श्रीनगर एग्रिटेकको ४.४२, आँखुखोला जलविद्युतको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

    सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशत घट्यो । इङवा हाइड्रोपावरको २.७१ तथा गणपति लघुवित्तको २.५३ प्रतिशत घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, बन्दीपुर केबुलकार, सान्भी इनर्जी, सागर डिस्टिलरी र शिवम् सिमेन्ट छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij