दोहोरो अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४७ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४७ करोडको कारोबार

मेगा टिभी नेपाल
सोमवार, पौष २१ २०८२
मेगा टिभी नेपाल
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अकंले बढेर २६३९.३७ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

    यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको १.४४ प्रतिशतले सेयर मूल्य बढेको देखिन्छ ।

    सोमबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

    उनले श्रीमानसँगको फोटो पनि सेयर गरेकी छन् । प्रशंसकले उनलाई बधाई दिइरहेका छन् । अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् । विवाहमा परिवार र निकट आफन्त उपस्थित भएको स्रोतले जनायो ।

    लोकपप र पूर्वेली भाकाका गीतमा सुनिताको लोकप्रियता छ । फिल्म ‘गाउँ आएको बाटो’ मा समावेश गीत ‘राई माइला’ निकै चर्चित बनेको गीतमध्ये एक हो ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij