चर्चित गीत  ‘राई माइला’ की गायिका सुनिता थेगिम वैवाहिक जीवनमा प्रवेश

चर्चित गीत  ‘राई माइला’ की गायिका सुनिता थेगिम वैवाहिक जीवनमा प्रवेश

मेगा टिभी नेपाल
सोमवार, पौष २१ २०८२
मेगा टिभी नेपाल
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । चर्चित गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभाका अनित कुलुङ राईसँग विवाह गरेकी हुन् ।

    केही दिनअघि यी दुईजनाबीच विवाह भएको हो । आफूले लगनगाँठो कसेको जानकारी दिँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’

    उनले श्रीमानसँगको फोटो पनि सेयर गरेकी छन् । प्रशंसकले उनलाई बधाई दिइरहेका छन् । अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् । विवाहमा परिवार र निकट आफन्त उपस्थित भएको स्रोतले जनायो ।

    लोकपप र पूर्वेली भाकाका गीतमा सुनिताको लोकप्रियता छ । फिल्म ‘गाउँ आएको बाटो’ मा समावेश गीत ‘राई माइला’ निकै चर्चित बनेको गीतमध्ये एक हो ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij