नेपाल बाटसुरुभएको विश्वभरी फैलिएको संस्था जीवन विज्ञान यूएसएको आयोजनामा चक्र विज्ञान आफनो शरीरभित्रको चक्र त्यसको जागरणको शिक्षा र त्यस सम्बन्धि प्रयोगात्मक प्रयोग गरी आफुलाई स्वास्थ र खुसि राख्ने बिज्ञानको रुपमा लिईन्छ । विशेष आत्मिक–शैक्षिक कार्यक्रम हिजो शुक्रवार देखि टेक्सासको युलेस शहरमा औपचारिक रूपमा सुरु भएको छ।
जनवरी ०२ देखि ०८, २०२६ सम्म सञ्चालन हुने उक्त कार्यक्रम युलेसस्थित Sapphire Banquet & Conference Center मा हरेक दिन बिहान ७:३० बजेदेखि साँझ ५:00बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा रमेश गुरुदेव र भानु गुरुदेवको विशेष मार्गदर्शन रहने आयोजकले जनाएको छ। कार्यक्रममा मानव शरीरका सात प्रमुख चक्र, मानसिक सन्तुलन, आत्मिक चेतना, ध्यान विधि तथा समग्र जीवन व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रम जीवन विज्ञान गुरुकुलकी संस्थापक देवी गुरुमा वाट उद्धाटन गरीएको थियो । विश्व ध्यान दिवस को अवशरमा अमेरीका पुग्नुभएका गुरुदेव द्वय अमेरीकाको बिभिन्न शहरमा आयोजित कार्यक्रम हरुमा सहभागी हुदै आध्यात्मिक चेतना फैलाउदै आई रहनुभएको छ ।