केएमसीको स्वास्थ्य टोलीले ठेचोमा गर्‍यो साढे छ सयको निःशुल्क परीक्षण

केएमसीको स्वास्थ्य टोलीले ठेचोमा गर्‍यो साढे छ सयको निःशुल्क परीक्षण

मेगा टिभी नेपाल
बुधवार, पौष १६ २०८२
मेगा टिभी नेपाल
बुधवार, पौष १६ २०८२
  • काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा.सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको ठेचोमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

    केएमसीको प्राविधिक सहयोगमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो । 

    शिविरमा ६ सय ६१ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

    शिविरमा १०७ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे, ७२ जनाको ईसीजी गरिएको थियो । 

    ५ जनाको दाँत खोलिएको थियो भने १४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

    डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij