२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

राजदुत होउ यान्छीको राजनैतिक भेटघाटले पायो तिब्रता

२ श्रावण २०७८, शनिबार ०९:२७

२०७८ साउन २ गते

केपी ओली सरकारको पतनसँगै विपक्षको गठबन्धन सरकार बनेपछि चिनियाँ राजदुत होउ यान्छीको राजनैतिक भेटघाटले तीब्रता पाएको छ । हिजो शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी यान्छीले उक्त दिनभरि नै उच्चस्तरिय राजनैतिक भेटघाटलाई तिब्रता दिएकी थिईन् ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई भेटेकी चिनियाँ राजदुत यान्छीले प्रधानमन्त्रीसँगको भेटकै क्रममा नेपाललाई थप १६ लाख डोज कोरोना विरोधी खोप उपलबध गराउने आश्वासन दिएकी छन् । यस्तै राजदूत यान्छी शुक्रबार बिहान साढे १० बजे प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगतै उनले प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन् । प्रचण्ड र राजदूत यान्छीले करिब एक घण्टा भेटवार्ता गरेको प्रचण्ड निकट एक नेताले बताए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पाँच दलिय गठबन्धनबाट देउवा प्रधानमन्त्री भएपछि प्रचण्डलाई राजदूत यान्छीले भेटेकी हुन्। प्रचण्डलाई भेटेलगतै राजदूत यान्छी अपराह्न् ४ बजे एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिईन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV