हिमाली बाहेकका जिल्लामा नेपाली कांग्रेसको १४ औ महाधिवेशन प्रदेशसभा अधिवेशन हुदै
३ मंसिर २०७८, शुक्रबार ११:१५
३ मंसिर २०७८, शुक्रवार, काठमाडौं
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज हिमाली बाहेकका जिल्लामा प्रदेशसभा अधिवेशन हुदैछ।
देश संघीयतामा गएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा अधिवेशन गर्न लागेको हो । काँग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिनेछ। प्रदेश सभामा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष गर्नेछन्। सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन नहुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज अधिवेशन हुन नसकेका प्रदेशमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ। सभापति पदका उम्मेदवारका लागि ५ हजार, उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन्।

