एमाले पार्टी कार्यालय धुम्बाराहि बाट थापाथली सदै ।
११ चैत्र २०७७, बुधबार ११:५९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ।

थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।
घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो।
पहिला हामी आफैं बस्थ्यौं। बीचमा युएन वुमन बस्यो। अहिले एमालेलाई दिन लागेका छौं,’ अग्रवालले सेतोपाटीसँग भने,‘भाडा कति हुने र कति वर्षसम्म भाडामा दिने भन्नेबारे आज सम्झौता भएपछि थाहा हुन्छ।
अग्रवालले आफ्नो पहिला प्याकेजिङको व्यापार भए पनि लकडाउनपछि बन्द भएको बताए।
अहिले हामी कालीमाटीमा भाडामा बसिरहेका छौं, अग्रवालले भने,हाम्रो अर्को घर छैन।

उनले एमाले पार्टीसँग आफू आवद्ध नभएको दाबी गरे।
यसैबीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनका लागि जाँदैछन्।

