हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्छ जितेन्द्रनारायण देव
२७ श्रावण २०७८, बुधबार १८:५२
२७ श्रावण २०७८, काठमाण्डौं
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा उहाले हदबन्दीभन्दा बढीको जग्गा राख्नेलाई निरुत्साहित गर्दै ढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताउनुभयो । उहाले औधोगिक क्षेत्रका लागि भन्दै बढि जग्गा राख्ने र पछि भू माफियाले चलखेल गर्ने गरेको बताउनुभयो । जग्गा सट्टापट्टाका लागि लाखौको चलखेल हुनेगरेको उहाले बताउनुभयो । उहाले झापाको गिरी बन्धु टि स्टेटलाई ओली सरकारले सट्टापट्टाका लािग अनुमति दिएको भन्दै आपत्ती जनाउनुभयो । देवले १६९ वटा कम्पनीले हदवन्दी भन्दा बढि जग्गा राखेको भन्दै राज्यले कानुनअनुसार कारवाही गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेकपा (एमालेका) का कोमल वलीले सरकारलाई भ्रष्टाचारसम्बन्धी घटनाको छानबिन गर्न माग गर्दै विगतका सरकारले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा ढिलाइ भएको भन्दै जनतालाई निःशुल्क स्वास्थ्यको सहज व्यवस्था गर्नसमेत माग गर्नुभयो । उहाले सत्ता गठबन्धनले एमाले फुटाउन खोजेको आरोप लगााउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का रामनारायण विडारीले संविधानको धारा ७६ (५) ले नै मासिन लागेको लोकतन्त्रलाई विघटित संसद् पुनस्र्थापना गरी जीवित बनाइदिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीले परमादेशको सरकारको कुरा गरेको भन्दै उहाँले राष्ट्रपतिले नै कर्तव्य निर्वाह नगरेपछि जाने स्थान अदालत भएको र अदालतले न्याय दिएको स्पष्ट पार्नुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएको छ । बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन २८ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

