ज्येष्ठ नागरीकलाई कोरोना खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी
८ असार २०७८, मंगलवार २१:५२
८ असार, काठमाडौं
यस्तै सर्वोच्च अदालतले ६० बर्षमाथिका ज्येष्ठ नागरीकलाई तत्काल कोरोना खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल ईजलासले पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । फागुन तेस्रो साता कोरोना खोप लगाएका ६० देखि ७५ बर्ष उमेर समुहका ज्येष्ठ नागरीकलाई कोरोना खोपको दोस्रो डोजको व्यवस्था गर्न माग गर्दे दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको हो ।
Share on Social Media

