मन्त्रिपरिषद्को बैठक आज बस्दै
११ श्रावण २०७८, सोमबार १२:४८
११ साउन २०७८, काठमाण्डौं
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्न लागेको हो ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक कामबारे छलफल हुने छ । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिइने विषयमा पनि छलफल हुने प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री बन्नु भएका देउवाले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसक्नु भएको छैन । ५ दलिय गठबन्धनबाट बनेको सरकार भएकाले पार्टीहरुले मन्त्री बन्नेको नाम टुङगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा देउवालाई सकस परिरहेको हो ।
Share on Social Media

