सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु

मंगलवार, कार्तिक १८ २०८३
मंगलवार, कार्तिक १८ २०८३
  •  काठमाडौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई वटा हेलिकप्टर आपसमा ठोक्किँदा एक जना भारतीय पर्यटकको मृत्यु भएको छ।

    दुर्घटनामा भारतको तमिलनाडुका ४७ वर्षीय वसन्तकुमार बालारामारामाडुको ज्यान गएको हो। उहाँ फिस्टेल एयरको हेलिकप्टरमा सवार हुनुहुन्थ्यो।

    सोही हेलिकप्टरमा रहेका भारतीय मूलका न्युजिल्यान्ड नागरिक शैलेशकृष्ण पटेल घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

    दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट पनि सामान्य घाइते भएका छन्। उनीहरूलाई समेत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहान ८ बजेर ११ मिनेटमा हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij