२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज विरुद्ध विरोध प्रदर्शन

२३ श्रावण २०७८, शनिबार १९:०२

२३ साउन २०७८,कपिलवस्तु

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा कपिलवस्तुमा प्रदर्शन भएको छ ।
जिल्ला भूमि अधिकार मञ्च कपिलवस्तुको आयोजनामा जिल्लाको बुद्धभूमि नगरपालिका गोरुसिंगे बजार आसपासमा विरोध प्रदर्शन गरिएको हो । सुरक्षित घर बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई भन्ने मुल नाराका साथ गठित भुमि समाधान कार्यान्वयनका लागि बृहत खबरदारी अन्तर्गत प्लेकार्ड सहित आयोग खारेज विरुद्ध विरोध गरिएको हो ।
प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । आयोग पुनसर््थापित नभएसम्म आन्दोलन गरिरहने उनीहरुले बताएका छन् । प्रदर्शनमा सहभागी भएकाहरुले आयोगमा भूमि अधिकार मञ्चको प्रतिनिधित्व निश्चित गर, भूमि सम्बन्धी स्थानीय सरकारको काम सुचारु गर, लगत संकलन नाप जाँच र पुर्जा वितरण लागु गर, अव्यबस्थित बसोवासीलाई पुर्जा देउ लगाएतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV