२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध

२१ असार २०७८, सोमबार १५:४७

२१ असार २०७८, काठमाण्डौं

नेकपा माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक पनि अवरुद्ध भएको छ ।
यसअघि पनि बैठक लगातार चार पठक अवरुद्ध भइसकेको छ । सोमबारको बैठक सुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गर्नुभएको थियो । तर सांसदहरुले उठेर बिरोध जनाएपछि उपसभामुख पोखरेलले मंगलबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै माफी माग्नुपर्ने माओवादीको माग छ ।
यही विषयमा लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारु गराउनेतर्फ सरकारले ध्यान नदिएको माओवादीको आरोप छ । प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV