२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

बामदेबको मन्त्री हुने बाटो खुल्यो

२६ कार्तिक २०७७, बुधबार १९:०३

कार्तिक २६,काठमाडौँ । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई भदौ २९ गते राष्ट्रियसभा सदस्य मनोनीत गरेपछि उक्त निर्णय र राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश दिनुपर्ने राय राखे पनि बहुमत न्यायाधीशले अन्तरिम आदेश जारी नहुने रायमा सहमति जनाएपछि अन्तरिम आदेश जारी नभएसंगै सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
Mobile Online Casinos in sterreich.533 १६ जेष्ठ २०८३, शनिबार २३:१७
Siti scommesse non AAMS: guida completa all’app e all’esperienza mobile १६ जेष्ठ २०८३, शनिबार २१:३६
Casino online europei con pagamenti sicuri: panoramica e opzioni १६ जेष्ठ २०८३, शनिबार २१:३६

Mega

TV

Mega Tv
Go to Mega TV