जसपाले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने
१४ श्रावण २०७८, बिहीबार २०:३१
१४ साउन २०७८, काठमाण्डौं
जसपाले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो । भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिनुभयो । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उहाले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताउनुभयो । उहाले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफैनै आधिकारीक पक्षमा नआएको जिकिर गर्नुभयो ।
उहाले सरकारमा जाने बिषयमा भने केहि दिनमा टुङ्गो लाग्ने बताउनुभयो ।

