२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

सीमाको संवेदनशीलतामा कुनै सम्झौता नगर्ने गृहमन्त्री खगराज अधिकारी

१ असार २०७८, मंगलवार २१:४६

१ असार, २०७८ मंगलबार

गृहमन्त्री खगराज अधिकारीले सीमाको संवेदनशीलतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री अधिकारीले नेपालीहरु सीमाका बारेमा अत्यन्त संवेदनशील रहेको भन्दै सीमाको रक्षाका लागि सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनको सुरक्षा लागि आवश्यक तयारी पनि भइरहेको जानकारी दिनुभयो । त्यस्तै उहाले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो ।
महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको उहाले बताउनुभयो ।
मन्त्री अधिकारीले गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी कामगर्ने जिकिर गर्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV