२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बिपक्षी गठबन्धन निकट बिद्यार्थी संगठनले थप आन्दोलनको घोषणा

२७ असार २०७८, आईतवार १५:३५

२७ असार २०७८, काठमाण्डौं

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै बिपक्षी गठबन्धन निकट बिद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिपक्षी बिद्यार्थी गठबन्धनले मूल्यबृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले मूल्यबृद्धि फिर्ता नगरेको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संगठनले असार २८ गतेदेखि आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्रि गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्क सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन् । त्यस्तै असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । आगामी आन्दोलनमाथि दमन गरिएका त्यसबाट हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवार सरकार हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताउनुभयो ।
त्यस्तै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले निगमले आफुहरुको मागलाई वास्ता नै नगरेको आरोप लगाउनुभयो । उहाले मनोमानी रुपमा नै निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेकाले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । त्यस्तै अनेरास्ववियु माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले सरकारबिरुद्ध गरिएको आन्दोलनलाई शसक्त पार्ने बताउनुभयो । उहाले ओलीले आफ्नो गल्ती नसच्चाएसम्म बिद्यार्थी गठबन्धनको आन्दोलन नरोकिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रमा देखिएका वेथिति, राजनीतिक मुद्दा लगाएतका बिषयमा गरिएको सघंर्षलाई पनि निरन्तरता दिने जनाएका छन् । बिपक्षी बिद्यार्थी संगठनले सरकार बिरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV