२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

सुजिता हत्या प्रकरणमा प्रहरी अनुशन्धान तिब्र, सीम निकालिएको मोबाइल फेला

२४ असार २०७८, बिहीबार २०:२६

२४ असार २०७८, काठमाण्डौं

सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणलाई चितवन प्रहरीले अनुसन्धान कार्यलाइ तीब्र पारेको जनाएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षिया सुजिता असार ११ गतेदेखि अपहरणमा परेकी थिइन् । नौ दिन पछि घर नजिकै रहेको ब्रम्हस्थानी सामुदायिक वनमा शव भेटिएसंगै प्रहरीले अनुसन्धान कार्यलाई तीब्र पारेको जनाएको छ । अनुसन्धानमा जुटेको प्रहरीले भण्डारीको मोबाइल फोन शव भेटिएको स्थानबाट २० मिटर पर भेटिएको जनाएको छ । मोबाईलमा सिम भने निकालिएको पाइएको छ भने मेमोरी कार्ड भने रहेको छ । सुजिताले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा समेत थप सहज हुने प्रहरीको बिश्वास छ । कल डिटेल रेर्कडबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यता, चितवन प्रहरीका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले मृतक सुजिता भण्डारीको शव परीक्षण सकिएको बताउनुभएको छ । पोस्टमार्टम गर्ने काम सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको बताउनुभयो ।
भण्डारीको शव भेटिएपछि अहिले उक्त घट्ना हत्या हो वा आत्महत्या भन्ने विषयमा प्रहरी नै अन्योलमा छ । मृतकको शव भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा निजको साइली दिदी कवितासंग दोहोरो कुराकानी हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग हुनु जस्ता घट्नाले अनुसन्धानलाई थप जटिल बनाएको प्रहरीको भनाई छ ।
अभियान्ताको नाममा बाहिरबाट आएका केही उछृंङखल ब्यक्तिहरुका कारण अनुसन्धानमा जुट्नुपर्ने प्रहरी कर्मचारी अहिले राजमार्ग खुलाउन तथा कर्फ्यु व्यवस्थापनमा मात्रै खटिनुपरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV