नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन
४ असार २०७८, शुक्रबार १९:०९
४ असार २०७८ शुत्रबार
काठमाडौंको जडिबुटिमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।
प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन लगाएतका बिषयमा सरकारको गरेको निर्णयको बिरोध गर्दै मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकारको कदमको बिरोध गर्दै उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । विरोधका क्रममा उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए । पुत्ला दहनका क्रममा प्रहरीले हस्तषेप गरेको थियो । सो क्रममा केहि बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय नेविसंघले निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
Share on Social Media

