ओली समर्थकहरुले जलाए प्रधानन्यायाधीश जबराको पुत्ला
२८ असार २०७८, सोमबार १८:३०
२८ असार २०७८, काठमाण्डौं
नेकपा एमाले केपी ओली समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् । केपीओलीको समर्थनमा नारा लगाउदै पुत्दा दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।
Share on Social Media

