२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

सत्ता गठबन्धनको कार्यदलको बैठक जारी

१९ श्रावण २०७८, मंगलवार १२:५८

१९ साउन २०७८, काठमाण्डौं


सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि जारी छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने तयारीकालागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । यसअघि हिजो विहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो । सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो । यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ । कार्यदलको बैठक यस अघि शनिबार पनि बसेको थियो । त्यस पश्चात आईतबार कार्यदलका केही नेताबीच छलफल भई मस्यौदा तयार गरिएको छ । न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिनेछ । कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ । मन्त्री बनाउन लागि आवश्यक मापदण्डको तय भने कार्यदलले नगर्ने भएको छ । प्रधानमन्त्री र दलका नेताहरूको क्षेत्राधिकार रहेको उल्लेख गर्दै उक्त विषयमा प्रवेश नगर्ने कार्यदलका अर्का एक सदस्यले जानकारी दिनुभयो । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले विधि मिचेर गरेका नियुक्ति उल्टाउन कार्यदलले सिफारिस गर्ने भएको छ । कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV