२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु

३ असार २०७८, बिहीबार २१:३६

३ असार २०७८ बिहिबार
ऋषि खनाल
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ ।
बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिनुभयो । कांग्रेसको पदाधिकारी बैठकले पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेको छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले महाधिबेशनको तालिकाबारे छलफल गर्न बसेको केन्द्रीय समिति बैठकमा सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउन सरकारसँग माग गरेको जानकारी दिनुभयो ।
कांग्रेस महाधिबेशनका लागि क्रियाशिल सदस्यता सबै जिल्लाको अझै टुङ्गो लागेको छैन । सप्तरी, सिन्धुपाल्चोक, बर्दिया सहित ७ जिल्लाको क्रियाशिल सदस्यता टुङ्गो लाग्न अझै बाँकी छ । तर, क्रियाशिल सदस्यता छानविन समिति संयोजक रमेश लेखक भने क्रियासिल सदस्यताको कारणले नभई कोरोना प्रमुख कारण भएको बताउनु हुन्छ ।
कोरोना महामारीका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन । आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ । बैठक शुक्रबार पनि बस्ने महतले जानकारी दिनुभयो । 

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV