सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाए बैठक, छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने
२८ जेष्ठ २०७८, शुक्रबार १४:०८
जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।
संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल आज दिउँसो २ बजे बस्दै छ ।
आजको बैठकमा सहभागी हुने वा नहुनेबारे प्रधानमन्त्रीको सचवालयमा राखिएको जिज्ञासामा सचिवालयका तर्फबाट प्रधानमन्त्री छलफलमा सहभागी नहुने जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन् । दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए ।


