गण्डकी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीमा नेपाली चयन हुने निश्चित
२९ जेष्ठ २०७८, शनिबार १०:००
२८ जेष्ठ २०७८, शनिबार
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाएको छ ।
गठबन्धनले हिजो साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हस्ताक्षर बुझाएको हो । गठबन्धनमा आवद्ध ३१ जना प्रदेश सभासदहरुले सशरीर उपस्थित भएर कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्नुभएको हो । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसदसहित ३१ सांसदले नेपालीलाई मुख्यमन्त्रीका रुपमा समर्थन जनाउनुभएको छ । स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि नेपालीलाई समर्थन गर्नुभएको हो । नेपाली सबै सांसदलाई लिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुग्नुभएको थियो । बहुमत सांसदको हस्ताक्षर बुझाएसँगै नेपाली मुख्य मन्त्रीबन्ने निश्चित भएको हो ।


