२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीमा नेपाल विद्यार्थी संघको बिरोध

२३ जेष्ठ २०७८, आईतवार ११:४१

२३ जेष्ठ २०७८, आईतवार


पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीको नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ।
कोरोना को महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट के।पि।सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनस्सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ भन्दै आहतमा बेला राहत दिनुपर्नेमा ओलि सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन ।
प्रेस बिग्यप्ती मार्पत महामन्त्री तिमल्सिनाले स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण,संकट र महामारीका समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग,अनावश्यक कर हरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते भएको मुल्यबृद्धी माथी फेरि तत्काल बृद्धि गर्नु आपूर्ति मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिन मा नै उपभोक्ता लाई प्राप्त पहिलो उपहार हो भन्दै अत्यावश्यकिय बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको बताए। भ्रष्टाचारमा लिप्त सरकार भ्रष्टाचारमा लिप्त भएको र जनतालाइ दिनप्रतिदिन कष्ट दिएरहेको भन्दै उनले उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV