पटक–पटक अवरुद्ध हुँदै आएको कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै
२६ जेष्ठ २०७८, बुधबार १५:१८
जेठ २६ २०७८, बुधबार
पटक पटक अवरुद्ध हुँदै आएको कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दैछ ।
बैठक आज दिउँसो २ बजेकालागि बोलाइएको छ । बजेट अधिवेशन सुरु भएपछि हिजो र अस्ति पटक–पटक बैठक स्थगित गरिएको थियो । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएका कारण बैठक पटक–पटक स्थगित गरिदै आएको छ । फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै प्रतिपक्षले विरोध कायम राखेका हुन् । मन्त्री थापालाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान छ । आजकालागि बोलाइएको बैठक सुचारु हुन दिने प्रयास स्वरुप सरकार पक्ष र प्रतिपक्षबीच हिजो वार्ता भएपनि सहमती जुट्न भने अझै जुट्न सकेको छैन ।


