२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेकपा एमालेमा एकता कायमकालागि पार्टीको दोस्रो तहका नेता सक्रिय

३ असार २०७८, बिहीबार १२:०६

३ असार २०७८ बिहिबार

नेकपा एमालेमा एकता कायमकालागि पार्टीको दोस्रो तहका नेता सक्रिय भएसँगै संयुक्त बैठकका लागि प्रयास जारी रहेको छ ।
दोस्रो तहका नेताहरुको सक्रियतामै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र इतर पक्ष माधव कुमार नेपाल समुहको संयुक्त स्थायी समिति बैठक बोलाउने तयारी भइरहेको छ । बैठक बोलाउने तयारी पछिल्लो ४ दिन यता भइरहेको भएपनि दुवै पक्षको जितको रणनीति तयार गर्न थालिएकाले बैठकको एकिन मिति अहिले तोक्न नसकिएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । ओलीले यसअघि नै वक्तव्य जारी गरेर पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउन तयार रहेको बताएको तर त्यो नेपाल पक्षलाई चित्त नबुझेकाले विचार विमर्ष जारी गरेको बताइएकोछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV