२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट

११ मंसिर २०७६, बुधबार १३:२०

पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग १ ख ८८९१ नम्बरको बसका सिसा फुटेको छ । विगतमा पोखराका विभिन्न स्थानमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराउँदै आएको बताइएको बेला यो विस्फोटमा पनि सोही समूहको हात हुन सक्ने आशंका गरिएको छ । प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV