२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

तीन दिनसम्म मौसममा कुनै सुधार नहुने

६ असार २०७८, आईतवार १८:३७

६ असार २०७८, आइतबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने बिभागका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताउनुभयो । तीन दिनसम्म मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उहाको भनाइ छ ।
उहाले अहिले बर्षायाम भएकाले सवै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सर्तक हुनुपर्ने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV