२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने

१६ असार २०७८, बुधबार १८:५२

१६ असार २०७८,काठमाण्डौं


स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ ।
परिषद्ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित गरिएको सम्मेलन बिहीबार र शुक्रबार हुने जानकारी दिएको हो । परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ ।
स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न र गर्न बिगत सात बर्ष देखि बार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिनुभयो ।
बिज्ञहरुलाई एकै ठाउमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको ज्ञवालीले बताउनुभयो ।
सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरुको प्रस्तुती, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रीत प्रस्तुतिकरण रहने उहाको भनाई छ ।
सम्मेलनबाट उत्कृष्ठ बैज्ञानिकहरुको छनौट गरि बिभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV