२०८३ जेष्ठ १७, आइतवार

   2026, May 31 Sunday

गोरखा हिरासतमा संक्रमित भेटीयोे

२५ जेष्ठ २०७७, आईतवार २१:०१



काठमाण्डौ . जेष्ठ २५ ,हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय गोरखा र गोरखा अस्पतालको टिमले २८ जना प्रहरीको थ्रोट स्वाब संकलन गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका नानीबाबु दानीले जानकारी दिए ।

स्वाब परीक्षणका लागि पोखरा लगिएको उनले बताए । त्यस्तै किशोरका परिबार, साथी र उनलाई नियन्त्रणमा लिने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरीको स्वाब सोमबार संकलन गरिने दानीले बताए । पहिलो चरणमा परेकाहरुको कन्ट्याक ट्रेसिङ सकेपछि दोस्रो चरणको ट्रेसिङ गरी स्वाव परीक्षण गरिने उनले बताए ।

प्रहरी हिरासतमा रहेका पालुङ्टार नगरपालिका ७ बुढीकुवाका १७ बर्षे किशोरलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
Mobile Online Casinos in sterreich.533 १६ जेष्ठ २०८३, शनिबार २३:१७
Siti scommesse non AAMS: guida completa all’app e all’esperienza mobile १६ जेष्ठ २०८३, शनिबार २१:३६
Casino online europei con pagamenti sicuri: panoramica e opzioni १६ जेष्ठ २०८३, शनिबार २१:३६

Mega

TV

Mega Tv
Go to Mega TV