विश्व भोकमरीको सूचांकमा भारत नेपाल भन्दा पछाडि
२९ आश्विन २०७६, बुधबार १४:४४
विश्व भोकमरीको सूचांकमा नेपाल ७३औं स्थानमा रहेको छ र भारत नेपाल भन्दा निकै पछाडि देखिएको छ । ग्लोबल हंगर इन्डेक्स(जीएचआई) नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको गरेको सूचांकअनुसार भारत दक्षिण एसियामै अफगानिस्तानपछि
सबैभन्दा धेरै भोकमरी भएको देशमा परेको हो । नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन सूचांकको २५औं स्थानमा छ ।
भारत १०२औं स्थानमा छ , अफगानस्थान १०८औं, बंगलादेश ८८औं, पाकिस्तान ९४औं स्थानमा छ ।संख्या थोरै भएका कारण दक्षिण एसियाका राष्ट्र भुटान र माल्दिभ्स समावेश गरिएको छैन ।
Share on Social Media

