राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ ग्रहण
१४ जेष्ठ २०७८, शुक्रबार १४:३५
१४ जेष्ठ २०७८, शुत्रबार
उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित डाक्टर खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिनुभएको छ । शुक्रबार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई सपथ खुवाउनुभएको थियो ।
यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गर्नुभएको थियो । सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सहि ट्र्याकमा ल्याउनुपर्ने बताउनुभयो । उहाले प्रतिनिधिसभा पुनसर््थापना हुने विश्वास व्यक्त गर्नुभयो । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।
Share on Social Media

