२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको आज बस्ने भनिएको बैठक स्थगित

२९ असार २०७८, मंगलवार १३:१८

२८ असार २०७८, काठमाण्डौं

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि सरेको छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको थियो ।
तर सभापति देउवा सरकार गठनका सम्बन्धमा आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनु परेकाले पदाधिकारी बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ । सर्वोच्च अदालतको आदेश अनुसार देउवाले आज बेलुका प्रधानमन्त्रीको शपथ लिदै हुनुहुन्छ । उहाँले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ । तर कांग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV